सागमा माल्दिभ्स विरुद्ध नेपालको जीत

Share:

काठमाडौं– माल्दिभ्स विरुद्ध नेपालले जित हात पारेको छ । १३ औं साग अन्तर्गतको पुरुष फुटबलमा शनिवार रंगशालामा सम्पन्न खेलमा नेपाली टोलीले  माल्दिभ्सलाई पराजित गरेको हो ।

माल्दिभ्स विरुद्ध नेपाल २–१ ले बिजयी भएको हो । पहिलो हाफको १८ औं मिनेटमा १ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपाल २(१ ले विजयी भएको हो ।

४२ औं मिनेटमा अभिषेक रिजालले गोल गरेपछि नेपाल माल्दिभ्ससँग बराबरीमा पुगेको थियो । ५२ औं मिनेटमा अनन्त तामाङले गोल गरे । त्यसपछि कुनै गोल हुन सकेन र नेपाल बिजयी भयो ।

जीतसँगै नेपाल अंक तालिकामा सात अंक रहेको छ । नेपालले अव बङ्गलादेशसँग भोलि खेल खेल्ने छ । यदी नेपालले बंगलादेशसँग बराबरीमात्र गरेपनि नेपाली टोली फाइनलमा पुग्नेछ ।

कमेन्ट गर्नुहोस्
Share: