जनकपुरधाम । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । ५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४-१ ले हराउँदै स्वर्ण जितेकी हुन् ।