
काठमान्डौं । कलाकार ऋचा शर्मा वैवाहिक सम्बन्धमा गाँसिएकी छन् । उनले लबिम मलका जेनेरल मेनेजर दीपेक्ष विक्रम राणासँग शनिबार विवाह गरेकी हुन् । शर्मा र राणाले डेढ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।
उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन् । ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस्। (ऋचा शर्मा र दिपेक्ष बिक्रम राना ।)’
फस्ट लभबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी ऋचाले लुट, मेरो लभ स्टोरी, भिसा गर्ल, टलकजंग भर्सेस टुल्के, उमा, सुनकेसरी लगायत करीब दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् ।
उनले हाम्रो टीम नामक टेलिशृंखलामा अभिनयका साथै दर्जनौं म्युजिक भिडियोमा समेत अभिनय गरेकी छन् ।
पछिल्लो समय उनी ‘कमेडी च्याम्पियन’को निर्णयकको रुपमा छिन् ।
