
पोखरा । ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा ७ ले आफनो कार्यालय स्थापना गरेको छ । कार्यालयको समुद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी शाखाका शाखा संयोजक तेजनारायण अधिकारीले पोखरामा रहेका सहकारीलाई व्यवस्थित बनाएर लैजाने बताए । उनले सहकारी आन्दोलनमा महिलाको भुमिका महत्वपुर्ण रहेको बताए ।
गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धु्रव पनेरुले महिला दिदीबहिनीहरुको सक्रियतामा खोलिएको सहकारी नमुना सहकारीको रुपमा स्थापित हुनेमा आफु निश्चिन्त रहेको बताए । रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले महिलाको अर्थपुर्ण सहभागिताका लागि सम्वन्धित निकायले पहल गर्नुपर्ने बताउँदै महिलाले नेतृत्व गरेका संस्थामा पारदर्शिता र सुशासन हुने बताए ।
संस्थाका अध्यक्ष पार्वती पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक व्यक्तित्व विष्णु खनाल, ढाडँ आमा समुहका अध्यक्ष हरिमाया कार्की, संस्थाका सदस्य पार्वती सुवेदी, निर्मला सुवेदी लगायतले बोलेका थिए । संस्थाको उपाध्यक्ष लक्ष्मी गुरुडले धन्यवाद ज्ञापन र कार्यक्रमको संचालन भिमा पौडेलले गरेका थिए । संस्थामा अहिले १२१ जना शेयर सदस्यहरु रहेका छन् ।
