
खोटाङ्ग । खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले प्रयोग गर्दै आएको सरकारी गाडीमा गएराति आगजनी भएको छ । रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलस्थित निवासमा पार्किङ गरी राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।
आगजनीका कारण गाडी पूरै जलेको छ । ‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो,’ उनले भनेका छन्, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ हरमटारबाट गएको प्रहरी टोलीले करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी कसरी भयो भन्ने खुलेको छैन । घटनाको अनुसन्धानका लागि खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली खटिएको छ ।
कमेन्ट गर्नुहोस्
