मानव अधिकारप्रति सरकार प्रतिवद्ध छ- प्रधानमन्त्री ओली

568
0
Share:

पोखरा।  ७१ औं विश्व मानव अधिकार दिवसको उपलक्ष्यमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मानव अधिकार र संक्रमणकालीन न्यायप्रति सरकार प्रतिवद्ध रहेको र पीडितलाई न्यायको अनुभूति गराइने प्रतिवद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगलाई थप प्रभावकारी बनाउन कानूनी तथा संरचनात्मक व्यवस्थामा आवश्यक संशोधन गरिने बताएका छन्।

उनले मानव अधिकारको उल्लंघन हुन नदिन र उल्लंघन भए सोको अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन र पीडितलाई क्षतिपूर्ति तथा न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
Share: