आज साँझ नेपाल प्रवेश गर्दै पश्चिमी वायु, हिमपात र वर्षाको सम्भावना

Share:

काठमाडौं । आज साँझबाट नेपाल प्रवेश हुने पश्चिमी वायुको प्रणालीका कारण उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात र वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली नेपालतर्फ अघि बढिरहेको छ।

पूर्वानुमान महाशाखाले अधिकतम र न्युनतम तापक्रममा गिरावट आइ देशैभरी चिसो बढ्ने र यो प्रणाली बिहीबार अझै सशक्त हुनेसमेत जनाएको छ ।

यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । आजबाट सुरू भई यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने जनाइएको छ ।

उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने तथा तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन सबैलाई पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: