बाघको छालासहित एक पक्राउ

534
0
Share:

पोखरा। दैलेखमा बाघको छाला र हड्डीसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चामुण्डाबिन्द्रासैनी नगरपालिका– ४ तिलुकाना बस्ने ६८ वर्षीय शिब बहादुर शाही छन् । उनको साथबाट बाघको छाला १ थान र हड्डी बरामद भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले घरमा लुकाई–छिपाई राखेको छाला तथा हड्डी फेला पारेको हो ।

कमेन्ट गर्नुहोस्
Share: