
पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले आयोजना गरेको २१ औं पोखरा सडक महोत्सवको निम्तो बाँड्दै पोखराका व्यवसायी देश दैडाहामा निस्केका छन् । बिहीबार पोखराबाट निस्केको टोली शुक्रबार जनकापुर पुगेर पत्रकार सम्मेलन गरेको छ । पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस १२ गते देखी १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुनेछ ।
सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अंग्रेजी नयाँ वर्षका अवसरमा महोत्सव गर्दै आएको छ । जनकपुरमा आयोजीत पत्रकार सम्मेलनमा रेवान पोखराका पुर्व अध्यक्ष गोपी बहादुर भट्टराईले प्रदेश २ र जनकपुर बासीलाई महोत्सव आउन निम्तो दिए ।
उनले पोखरामा यतिबेला अफसिजन चलिरहेको उल्लेख गर्दै अग्रेजी नयाँ वर्षमा पोखरा जाँउ भन्ने अभिप्रायले पोखरामा वर्षेनी तोकिएको समयमा सडक महोत्सव गरिएको बताए । पश्चिमाञ्चल होटल संघका उपाध्यक्ष लक्ष्मण सुवेदीले मौलिक सँस्कृतिसँगै सिधा सम्पर्कको लागि छलफल गरिएपनि कार्यान्वयनमा नआउँदा समस्याकै रुपमा रहेको उल्लेख गरे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेलले पोखरा सडक महोत्वस दुबै तर्फका समस्या समाधानका लागि दुबै तर्फका व्यवसायी लाग्नु पर्ने बताए । नाटाका पुर्व अध्यक्ष ओमप्रकाश पाण्डेले सिधा हवाई सेवा तथा बस सञ्चालन गर्ने विषयमा छलफल भएपनि सहकार्य गर्ने तर्फ ध्यान नगएको स्पष्ट पारे ।
लगानी गरिसकेपछि प्रतिफल खोज्ने हुदाँ जनकपुरकै पर्यटन व्यवसायीसँग सहकार्य गर्न आफुहरु तयार भएको उल्लेख गरे । ट्रेकिङ एजेन्सीज एसोसियन अफ नेपाल पश्चिमाञ्चनका अध्यक्ष हरि भुजेलले धार्मिक पर्यटन प्रवद्र्धन गर्न मुक्तिनाथ, पशुपतिनाथ र जानकी मन्दिर धार्मिक रुटको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
उनले भारतीय पर्यटक प्रवद्र्धन गर्न धार्मिक रुट विकासको लागि सबै लाग्नु पर्ने बताए । पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुनेछ । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेले बताए । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङ्गरोगन गरिएको छ भने रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने छ ।
महोत्सवको आक्रर्षणमा भारतिय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिने, सडकमै राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।
त्यसैगरी ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापती पराजुली, कृष्ण गुरुङ्ग, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ्ग, टिका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपती शर्मा, संझना भण्डारी, कुमार पुन, पार्वति जिसि, हास्य कलाकारहारु पोख्ररेली माग्ने वुढा, दिवाकर भण्डारीको समुह, मनोज गजुरेल र पुर्खे बा लगायतका कलाकारले हसाउने छन् ।
