पोखराको सिर्जनाचोकमा आकाशे पुलको शिलान्यास

Share:

पोखरा। पोखरा –८ सिर्जनाचोकमा निर्माण हुने आकाशे पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आज आकाशे पुलको शिलान्यास गरेका हुन् ।

शिलान्यास पश्चात आयोजित सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले दिगो हुने किसिमले पुल निर्माण गर्नु पर्ने धारणा राखे ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरपालिकाको दुई करोड र दिवंगत सांसद रविन्द्र अधिकारीले संसदीय कोषबाट प्रदान गरेकोे ५० लाख गरी दुई करोड ५४ लाख ४२ हजारमा आकासे पुल निर्माण गरिने बताए । उक्त पुलको निर्माण आगामी साउन २७ गते भित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: