ए डिभिजन लिगमा आज मछिन्द्र र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा

Share:

काठमाडौं – काठमाडौं सहिद स्मारक ए डिभिजन लिगको नयाँ सिजन आज (शनिबार)बाट शुरु हुदैछ ।

घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगको खेल आज शुरु हुन लागेको हो । उद्घाटन खेलमा शनिबार मछिन्द्र क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुनेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ ।

कमेन्ट गर्नुहोस्
Share: