पीपीएल-२: उद्घाटन खेलमा काठमाण्डौद्वारा पाेखरालाई ११६ रनको विजयी लक्ष्य प्रस्तुत

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटकाे उद्घाटन खेलमा काठमाण्डौ गोल्डेनसले पाेखरा पल्टनलाई ११६ रनको विजयी लक्ष्य दिएको छ । पोखरा क्रिकेट रंगशालामा घरेलु टाेली पाेखराले टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले ८ विकेटको नोक्सानीमा ११५ रन बनाएको थियो।

काठमाण्डौका लागि भारतीय खेलाडी सुबोध भातिले ४६ रन बनाउनु बाहेक अरुले राम्रो ब्याटिंग गर्न सकेनन। पोखराका लागि ललित नारायण राजबंसी, रासिद खान र कुशल मल्लले समान २ -२ विकेट लिए।

यस्तै भारतीय खेलाडी प्रथामेश देक र सरब्जित लड्दाले समान १-१- विकेट हात पारे। पाेखरा पल्टन अब केहि बेरमा ब्याटिंग उत्रने छ।

तस्बिर: बिशाल पोख्रेल

कमेन्ट गर्नुहोस्
Share: