बर्दिया, मंसिर १२ । बर्दियाको ठाकुरद्धारामा सम्पन्न ३३औं अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिताको उपाधि ‘टाइग्रीसपोलो अरेबिया’ले जितेको छ ।
शुक्रबार भएको फाइनलमा ‘म्यागपाई अष्ट्रेलिया’लाई ४–३ ले हराउँदै अरेबियाले उपाधि हात पारेको हो ।
घरेलु टिम ‘टाइगर टप्स टस्कर’ र ‘इएफजी स्वीट्जरल्यान्ड’ तेस्रो भएका छन् । तेस्रो स्थानका लागि भएको खेलमा दुवै टिम ८–८ गोलको बराबरीमा रोकिएपछि दुबैलाई तेस्रो घोषित गरिएको हो ।
कमेन्ट गर्नुहोस्

