पीपीएल-२ : आजको पहिलो खेलमा बिराटनगरले टस जितेर फिल्डिङ गर्दै

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) मा आजको पहिलो खेलमा विराटनगर टाइटान्सले टस जित्दै पहिले गर्ने बलिङ गर्ने भएको छ । अब धनगढी पहिले ब्याटिङ गर्ने भएको छ ।

पहिलो संस्करणमा सम्झनलायक प्रदर्शन गर्न नसकेका यी दुवै टोली आज जीत निकाल्दै प्रतियोगिताको सुरुवात गर्न चाहन्छन ।

आज राष्ट्रिय टोलीको उपकप्तान पद पाएका दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी सुखद सुरुवातको दाउमा हुनेछ । यता नवनियुक्त कप्तान प्रदिप ऐरीको कप्तानीमा रहेको विराटनगर आज जित निकाल्दै अघिल्लो संस्करणमा व्यहोेको हारको बदला लिन चाहन्छ ।

आज नै हुने दोस्रो खेलमा काठमाडौं गोल्डेन्सले बुटवल ब्लास्टर्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: