काठमाडौँद्वारा बुटवललाई १ सय ४१ रनको लक्ष्य

Share:

पोखरा। दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा काठमाडौँ गोल्डेन्सले बुटवल ब्लास्टर्ससामु १ सय ४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। सोमबारको दोश्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको हो।

काठमाडौँका लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए। आक्रामक खेल खेलेका उनले २१ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३७ रन बनाए। यस्तै जय किशन कोल्सावालाले सर्वाधिक २८ रन बनाए। २४ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाएका हुन्।

उनलाई हरि बहादुर चौहानले सोमपाल कामीको हात बाट क्याच आउट गराएका थिए। यस्तै अर्का ब्याट्सम्यान आदील खानले २३ रन बनाए। १५ बलमा १ चौका र १ छक्काका साथ २३ रन बनाएका खान अविनाश बोहोराको सिकार बने।

ओपनिङमा आएका सुवाश खकुरेलले १५ रन बनाए। २२ बलमा १५ रन बनाएका खकुरेल रन आउट हुन पुगे। साथै टिमका कप्तान ज्ञानेन्द्र मल्लले समेत १५ रन बनाउन सके। उनलाई नितेश थापाले आउट गराएका थिए।

यस्तै काठमाडौँका विदेशी खेलाडी गौरव तोमराले मात्र १ रन बनाउन सके। उनी रन आउट भएका थिए। यस्तै टोलीका अर्का बिदेशी खेलाडी सुबोध भाटीले खाता खोल्न सकेनन्।

उनलाई समेत नितेश थापाले पवेलियनको बाटो देखाइदिए। काठमाण्डौका लागि अमर सिंह राउटेलाले १४ रन बनाए। बुटवलका लागि नितेश थापाले २ विकेट लिए। यस्तै हरि बहादुर चौहान र अविनाश बोहोराले समान एक-एक विकेट लिन सफल भए।

अहिले बुटवलले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।

प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

यो पनि::

धनगढीको विजयी सुरुवात, विराटनगर ५ रनले पराजित

पीपीएल-२ : जितका लागि विराटनगरलाई ११८ रनको लक्ष्य

कमेन्ट गर्नुहोस्
Share: