
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ। पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा हिजो बोल्न बाँकी स्थायी कमिटी सदस्यहरुले राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमा धारणा राख्दैछन्।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ले चार दिनदेखि जारी स्थायी कमिटी बैठकमा यी दुई प्रतिवेदन र प्रस्ताव छलफलका लागि पेश गरेका छन् ।
सदस्यहरुले उठाएका सवालहरुलाई अध्यक्ष प्रचण्डले भोली सम्बोधन गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
