कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, पुष १० गते बस्ने

Share:

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको शुक्रबार बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित भएको छ। एजेण्डामा संस्थापन र पौडेल समूहबीच सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

कांग्रेसले आज एक बजेका लागि बैठक बोलाएको थियो । पछिल्लो समय पार्टीको १४औं महाधिवेशनको मिति तोक्ने बहसले केन्द्रीय समिति बैठक प्रभावित हुँदै आएको छ ।

संस्थापन र पौडेल समूहले वार्ता टोली समेत गठन गरेर सहमतिको प्रयास गरेका भए पनि ती प्रयासहरु निरर्थक हुँदै आएका छन् । नेताहरु लगातार गुटगत र आन्तरिक छलफलमा छन् । अब अर्काे बैठक पुष १० गते दिउँसो एक बजे बस्ने कांग्रेसले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: