बुटवलको दोस्रो जीत, चितवनको अपराजित यात्रा कायमै

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपिएल) मा बुटवल ब्लास्टर्सले दोस्रो जीत निकालेको छ । शुक्रबार पोखरा क्रिकेट रंगशालामा भएको खेलमा पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जीत निकालेको हो ।

पोखरा रंगशालामा घरेलु टोलीले दिएको १ सय २२ रनको लक्ष्य बुटवलले १४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।

जितसँगै बुटवल ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पोखराको यो लगातार तेस्रो हार हो । पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

चितवनको लगातार तेस्रो जित

प्रतियोगितामा चितवन राइनोजले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।

पोखरा रंगशालामा चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो।

चितवनले प्लेअफमा बलियो सम्भावना बनाएको छ । धनगढीलाई पारजित गर्दै चितवनले २ खेलअगावै प्लेअफमा स्थान बनाएको हो । धनगढीको भने प्लेअफको सम्भावना कमजोर बनेको छ ।

यो जितसँगै चितवनले ३ खेलमा ६ अंक जोडेको छ । चितवन तालिकाको शीर्ष स्थानमा रहेको छ । धनगढीको भने दोस्रो हार हो । धनगढी ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

शनिबार एक खेल

प्रतियोगिताअन्तर्गत शनिबार एक खेल हुँदै छ । शनिबार हुने खेलमा विराटनगर टाइटान्सले काठमाडौं वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल पोखरा रंगशालमा बिहान साढे ११ मा खेल सुरु हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: