
पोखरा । चौँथो संस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ को तयारी तीव्र बनाइएको छ । आयोजक एपी इन्टरटेनमेन्टले शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर चौँथो संस्करणको तयारी तीव्र पारिएको जानकारी दिएको हो । प्रतियोगितामा सहभागी हुनका लागि शनिबारदेखि नै आवेदन खोलिएको प्रबन्ध निर्देशक अर्जुन पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा पर्यटन क्षेत्रसँग सम्बन्धित हस्पिटालिटी सेक्टरका जोसुकै पनि सहभागी हुन पाउने छन् । हस्पिटालिटी क्षेत्रमा आबद्ध भएकाहरुका लागि कन्टेस्ट विशेष मञ्च बन्ने आयोजकको दाबी छ । कन्टेस्टमा देशभरबाट सहभागीता जनाउने सकिने प्रबन्ध निर्देशक पाण्डेले बताए । कार्यक्रमले भ्रमण भर्ष २०२० प्रवर्धनका लागि पनि टेवा पुग्ने आयोजकको दाबी छ ।
कन्टेस्टमा सहभागी हुने प्रतिस्पर्धीका लागि वारिष्टा ट्रेनिङ, बारटेन्डर ट्रेनिङ, पब्लिक स्पिकिङ, ड्रेसिङ सेन्स, लिडरशिप तथा सेल्फ मार्के्टिङ स्किल, कम्यूनिकेशन स्किल डेभलपमेन्ट, मोटिभेसन स्किल लगाएतका तालिमहरु दिईने छ । विभिन्न चरणको अडिसनपश्चात फाइनलका लागि प्रतियोगीहरु छनौट गरिने छ ।
प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । विजेताले यस्तै नगद पुरस्कार र अन्य विभिन्न अवसरहरु आयोजकको तर्फबाट पाउने बताइएको छ । त्यस्तै आयोजकले प्रतियोगीहरुलाई पर्यटनसम्बन्धि थप जानकारी दिनका लागि पर्यटकीय गन्तब्यहरुको भ्रमण पनि गराउँदै आएको छ ।
सम्बन्धित सामाग्री::
‘हिमा–अस एजुकेशन कन्सल्टेन्सी’सँग एपी इन्टरटेनमेन्टको व्यवसायिक सहकार्य
‘हस्पिटालिटी नेपाल कन्टेस्ट’को पोखरा ‘अडिसन’ मंगलबार हुने
