कास्कीमा नवजात शिशु तोरी बारीमा मृत फेला

Share:

पोखरा । कास्कीमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ स्थित तल्लो अस्ताममा शनिबार सालसहित छोरी शिशु मृत फेला परेको प्रहरीले जनाएको छ ।

तोरी बारीमा माटोले छोपिएको बेवारिसे अवस्थामा शव फेला परेको हो । फेला परेको शवलाई पोष्टमार्टमको लागि पश्चिम क्षेत्रिय अस्पताल पठाईएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: