यस्तो छ आजको मौसम पूर्वानुमान

Share:

काठमाडौं – पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक बुलेटिन जारी गदैँ पश्चिमी वायुको प्रभावले देशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेकाले तापक्रममा गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउ आग्रह गरेको छ ।

त्यस्तै मौसमविद्का अनुसार तराईमा बाँक्लो हुस्सु र कुहिरो लागेका कारण चिसो बढेको छ । चिसोले तराईको जनजीवन कष्टकर बनेको छ । हाल देशका मध्य तथा पूर्वी तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ । पश्चिमी भूभागलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका उच्च पहाडी /हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिमी पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

३ दिने मौसम पूर्वानुमान यस्तो छ :

पुस ६ गते (आइतबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदलिको अवस्था छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदलिको अवस्था छ । बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

पुस ७ गते (सोमबार)

दिउँसो : देशको पूर्वी पहाडि भूभागमा आंशिक बदलिको अवस्था रहने छ भने बाँकी भूभागमा मौसम समान्यतया सफा रहनेछ।

राति: देशभर आन्शिक देखि सामान्य बदलिको अवस्था रहने छ ।

पुस ८ गते (मंगलबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहने छ ।

राति : देशको मध्य तथा पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: