रञ्जन अधिकारी पोखरा, १३ मंसीर / स्वास्थ्यमन्त्री खगराज अधिकारीले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने छुट कसैलाई नभएको बताएका छन् । ‘मन्त्री आउँछन्, जान्छन् ।’ उनले भने– ‘पब्लिक हेल्थसँग खेलबाड गर्न कसैलाई छुट छैन ।’
पोखराका पत्रकारसँग शनिबार उनले कैयौं सरकारी अस्पतालहरुलाई देखाएर नीजि नर्सिङ कलेजरु खोल्ने काम भईरहेकाले अब सरकारी स्वास्थ्य संस्था सम्बन्धी मापदण्ड २०७० र संशोधन २०७१ मा आईसकेपछि यसो गर्न नदिने बताए । ‘सरकारी निर्णय हो, क्याबिनेटको निर्णय हो । मन्त्रालय निर्णय कार्यान्वयनमा प्रतिबद्ध छ ।’ अधिकारीले भने ।

उनले चिकित्सकहरुले अधिकार भन्दा बाहिर गएर निर्णय गरेकोमा पनि आपत्ति जनाए । ‘अस्पतालका साथै डाक्टरको सेवा शुल्क तोक्दा सबैभन्दा पहिले विरोध नै कास्कीमा भयो । नेपाल चिकित्सक संघ कास्कीले आफैं शुल्क तोक्यो, यस्तो तोक्ने अधिकार उसलाई छैन ।’ स्वास्थ्यमन्त्री अधिकारीले थपे– ‘मन्त्रीको खेदो खन्न बडा फुर्सद हुन्छ । पब्लिक हेल्थमाथि कहाँ खेलबाड भाको छ भन्ने कहिले नोट गरेनौं ।’ उनले मन्त्रीको त जति खेदो गरेपनि हुने तर जनताको स्वास्थ्यमाथि पर्ने दीर्घकालीन असरबारे पनि सोच्नुपर्ने बताए ।
तत्काल हस्पिटल विस्तार सेवा कार्यक्रम ल्याउने जनाउँदै उनले औषधि मूल्य निर्धारणमा सरकार जुटेको बताए । ‘स्कुलमा फि र औषधिको सेवाग्राहीले कहिले बार्गेनिङ गर्दैनन् ।’ उनले भने– ‘त्यसैले अब औषधिको मूल्य तोक्छौं ।’ उनले सञ्चारक्षेत्रले सहयोग गरिरहेकोमा आभार व्यक्त गर्दै सञ्चार जगतका लागि नियमित रुपमा क्षेत्रीय, केन्द्रिय गोष्ठीका साथै अन्तर्राष्ट्रिय स्तरमा भ्रमण आदानप्रदान कार्यक्रम पनि गर्दै आएको जनाए ।
यसैबीच, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र काठमाण्डौंले पोखराका पत्रकारसँग सूर्तिजन्य पद्धार्थ सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र कार्यान्वयन सम्बन्धी प्रगति र चुनौतिका बारेमा अन्तक्र्रिया ग¥यो ।
केन्द्रका निर्देशक बद्रिबहादुर खड्काले सरकारले २०६८ कार्तिक १८ देखि लागू गर्ने तयारी गरेपनि २०७० पुस १४ देखि कार्यान्वयन भएको सूर्तिजन्य पद्धार्थको बट्टाको कूल भागमध्ये कम्तिमा पचहत्तर प्रतिशत भागमा चेतावनीमूलक सन्देश र सूर्तिजन्य पद्धार्थ सेवतको असरबाट भएको घातक रं्रगीत चित्र स्पष्ट रुपमा नेपाली भाषामा छाप्नुपर्ने प्रावधानबारे जानकारी गराए । सूर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन गर्ने) ऐन २०६८ को यो दफा ९ कार्यान्वयनपछि अब ७५ प्रतिशतलाई बढाएर ९० प्रतिशत पु¥याईएको जनाउँदै उनले मुखको क्यानसर र मस्तिष्कघात भएको चित्र थप गर्ने व्यवस्था आगामी २०७२ जेठ १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको जनाए ।
केन्द्रका चिकित्सक डा. विनोदकुृमार गिरीले सूर्तिजन्य पद्धार्थको सेवनबाट विश्वमा प्रतिवर्ष ६० लाख र नेपालमा १५ हजार जनाको ज्यान जाने गरेको बताए । ९० प्रतिशत फोक्सोको क्यान्सर धम्रपान तथा सूर्ति सेवनबाट हुने, यी पद्धार्थहरुमा ४ हजार किसिमका विषालु रासायनिक तत्व हुने र यीमध्ये २०० देखि ४०० सम्म अत्यन्तै हानिकारक र क्यान्सर गराउन सक्ने ६० प्रकारका प्राणघातक रसायन हुने उल्लेख गरे ।
