
काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी टी–ट्वान्टी इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगितामा नेपालले पहिलो खेल चीनविरुद्ध खेल्ने भएको छ। आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगिताका लागि एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी चीन परेको हो ।
समूह ए मा रहेको नेपालले २९ फेब्रुअरीमा चीनसँग खेल्नेछ। यस्तै १ मार्चमा थाइल्याण्ड र ३ मार्चमा नेपालले मलेसियासँग प्रतिष्पर्धा गर्ने छ।
प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, चीन, म्यानमार, हङकङ, सिंगापुर र मलेसियाले सहभागी हुने छन्। दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
कमेन्ट गर्नुहोस्
