ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

Share:

काठमाण्डौं । काठमाण्डौको गुर्जुधारामा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक ४१ वर्षीय अर्जुनबहादुर केसीको मृत्यु भएको छ । प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकल चलाइरहेका केसीलाई मंगलबार बिहान नम्बर नखुलेको ट्रकले ठक्कर दिएको हो।

पर्वत ठूलोपोखरी घर भई हाल चन्द्रागिरी नगरपालिका वडा नम्बर ५ चेकपोस्ट बस्ने केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

केसी छोरालाई कलंकीस्थित एलआरआई स्कुलमा छाड्न जाँदै थिए। मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर दिएर भागेको ट्रकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: