पोखरा, १४ मंसिर
पहिलो कम्यूनिष्ट सरकार स्थापनाको अवसरमा नेकपा एमाले कास्कीले आजदेखि अन्तरसदस्यीय व्याडमिन्टन प्रतियोगिता गर्दैछ ।
पोखरा रंगशाला ब्याडमिन्टन कोर्टमा हुने प्रतियोगितामा ७७ जना खेलाडीले भाग लिनेछन् ।
जसमध्ये भेन्ट्रान्सतर्फ २६ र ननभेन्ट्रान्सतर्फ ५१ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई नगद, मेडल, ट्रफी प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ । साथै उत्कृष्ट खेलाडीलाई बेस्ट प्येलरको रुपमा पुरस्कृत गरिनेछ ।
प्रतियोगिताको उद्घाटन व्यवस्थापिका संसद विकास समितिका सभापति एवम् एमालेका केन्द्रीय सदस्य रविन्द्र अधिकारीले गर्नेछन् । कार्यक्रममा पूर्व जलस्रोत राज्यमन्त्री एवं उद्योगी हरि पाण्डेको पनि सहभागिता रहने एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर अधिकारी क्षत्रीले जानकारी दिए ।
