कालिका क्याम्पसको २८ औं वार्षिकोत्सवको तयारी

Share:

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसले आफ्नो २८ औं बार्षिकोत्सवलाई भब्य रुपमा सम्पन्न गर्न विभिन्न तयारी थालेको छ । यसैवीच क्याम्पसले वार्षिकोत्सको पूर्व सन्ध्यामा सप्ताहब्यापी बिविध कार्यक्रमको आयोजना गरेको छ ।

क्याम्पसले मंगलवार लायन्स क्लव अफ पोखरा भद्रकालिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । क्याम्पस प्राङ्गणमा आयोजना गरीएको सो रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । क्याम्पसले खेलकुदलगायत अतिरिक्त क्रियाकलाप एवं साहित्यीक र सास्कृतिक कार्यक्रम सञ्चालन गरिरहेको विद्यार्थि कल्याणकारी समितिकी अध्यक्ष कौशिला अधिकारीले जानकारी दिएकी छन् ।

सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत निवन्ध लेखन प्रतियोतिा, कविता वाचन प्रतियोगिता र हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भईसकेका छन् । यसैगरी खेलकुदतर्फ भलिवल, टेवुल टेनिस, ब्याडमिण्टन र एथेलेटिक्सका खेलहरु सञ्चालन भईरहेको खेलकुद संयोजक प्राध्यापक यादवराज अधिकारीले जानकारी दिए । साताब्यापी कार्यक्रम अन्तर्गत बुधवार बक्तृत्व कला प्रतियोगिता र खेलकुदका कार्यक्रम हुने भएको छ ।

कर्यक्रमको अन्तिम दिन पौष १२ गते क्याम्पसको बार्षिकोत्सव मनाइने छ । विश्व विद्यालय अनुदानआयोगका अध्यक्ष प्रा.डा. भिम प्रसाद सुवेदीको प्रमुख आतित्थ्यतामा हुने सो कार्यक्रममा क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ ।

कमेन्ट गर्नुहोस्
Share: