
काठमाडौँ – बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेका छन् ।
आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई मंगलबार निमन्त्रणा पत्र हस्तान्तरण गरे ।
भेटमा मन्त्री जायनीले दुवै समारोहमा निमन्त्रणा गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै आफू र आफ्नो परिवारको नेपाल भ्रमणमा उत्कट चाहना रहेको जानकारी दिएको राजदूतावासले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
