
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित रामचन्द्र भञ्ज्याङमा शुक्रबार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
काठमाडौं—कुलेखानी—हेटौंडा सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवरमा सुमो जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। ना१ज ३४३३ नम्बरको जीप हेटौंडा-कुलेखानी-सिस्नेरी सडक खण्ड अन्तर्गत रामचन्द्र भञ्ज्याङको पाटेखोलामा सडकदेखि करिब ५ सय मिटर तल खस्दा ५ जना पुरुष र १ जना महिला घाइते छन्।
प्रहरीको टोली उद्धार कार्यमानै व्यस्त रहेकाले दुर्घटना कसरी हुन पुग्यो भन्नेबारेमा अहिले नै भन्न नसकिने र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्

