घोडाले हान्दा बालकको मृत्यु

Share:

सल्यान – सल्यानकाे वनगाड कुपिण्डे नगरपालिका १ मा घोडाले लात्तिले हिर्काउँदा एक बालकको ज्यान गएको छ ।

वनगाड कुपिण्डे नगरपालिका १ का प्रकाश बुढाका ८ वर्षिय छोरा राजु बुढाकाे ज्यान गएकाे हाे । शुक्रबार बेलुका छिमेकीको गोठमा खेल्दै गरेका राजुलाई घोडाले लात्तीले हान्दा घाईते भएका थिए ।

घाइते बालकलाई सुर्खेतको मेहलकुना लगिएकोमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: