सामुदायिक वन माथिको तेहेरो कर फिर्ता लिन माग

Share:

पोखरा।  सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष भारती पाठकले सरकारले सामुदायिक वन माथि लगाएको तेहेरो कर तुरुन्त फिर्ता गर्नु पर्ने बताए ।

सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा आज पोखरामा तेहेरो कर बिरुद्धमा आयोजित विरोध सभामा बोल्दै उनले समुदायिक वन समुहलाई तीनै तहका सरकारले छुट्टाछुट्टै गरि ९० प्रतिशत कर लिनु अवैज्ञानिक भएको बताए । वन र बातावरण संरक्षणमा सामुदायिक वन समुहले गरेको योगदानका कारण नेपाल विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित हुन सफल भएको बताउँदै उनले एकव्दर प्रणालीबाट कर लिन सरकारसंग माग गरे ।

सरकार र बन कर्माचारीबाट वन माथि पटक पटक आक्रमण गर्ने गरेको बताउँदै अध्यक्ष पाठकले तीनै तहका सरकारले लगायको तेहेरो करका विरुद्धामा सशक्त आन्दोलनमा उत्रने बताए । कानूनी अवरोधका कारण उपभोक्ताले संरक्षण गरेको बनबाट पानी, दाउरा, जडिवुटी, काठ जस्ता बनपैदावार निकासीमा अप्ठेरो परेको कारण उपयोग गर्न नपाएको कारण नष्ट भएर खेर जाने गरेको उनको भनाई छ ।

उपभोक्ताले संरक्षण गरेको बनमा बैज्ञानीक वन व्यवस्थापन नीति लागु गरेर जथाभावि फडानी गरेको आरोप लगाउँदै उहाँले उक्त व्यवस्था खारेज गरि दिगो बन व्यवस्था गर्नुपर्नेमा जोड दिए । विरोध सभामा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्काले हरियाली प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको सामुदायिक वनको हक अधिकार सुनिश्चित गरेरै छाने प्रतिवद्धता व्यक्त गरे ।

महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीको अध्यक्षतामा भएको विरोध सभामा महासंघका केन्द्रीय महासचिव विर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी गण्डकी प्रदेशका महासचिव रत्ना घिमिरे, महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने लगायतले सरकारले लगाएको तेहेरो कर फिर्ता नदिए सिहदरवार घेराउ, साङले जुलुस जस्ता दवावमुलक कार्य गर्ने घोषणा गरे। ‘सम्पुर्ण सामुदायिक वनका उपभोक्ताहरु एक जुट हौं’ भन्ने नाराका सात प्रसिद्ध धार्मिक क्षेत्र विन्ध्यवासीनीबाट शुरु भएको विरोध ¥याली नालाको मुख, तेर्सापट्टि, महेन्द्रपुल हुँदै मावन अधिकार चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: