प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौडा राख्ने नेकपाको निर्णय

Share:

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने निर्णय गरेको छ । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।

प्रदेश ३ सरकारका एक मन्त्रीले प्रदेशको नाम र राजधानी टुंगो लगाएको जानकारी प्राप्त भएको बताए । प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरूबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको छैन ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन ।

कमेन्ट गर्नुहोस्
Share: