
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेको छ ।
सेवा आयोगमा बसेर बिश्वविद्यालय लुट्ने लाईसेन्स भएका व्यक्ति पुन:त्रिविको रजिस्ट्रार नियुक्त गरिएको आरोप नेपाल विद्यार्थी संघले लगाएको छ ।विद्यार्थीको मागको वेवास्ता गरेका कारण तोडफोडमा उत्रनु परेको नेविसंघले जनाएको छ ।
तर त्रिविको रजिस्ट्रार नियुक्तिको विषयलाई लिएर नेविसंघ त्रिवि समितिले कार्यकक्ष तोडफोड गरिएको उपकुलपति बास्कोटाको भनाइ छ । आफ्ना पक्षका मानिस नियुक्त नभएको भन्दै उनीहरुले तोडफोड गरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
