

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराको आयोजनामा २१ औं पोखरा सडक महोत्सव जारी छ । पोखरा लेकसाइडको तीन किलोमिटर क्षेत्रमा जारी महोत्सव हर्न आउने दर्शकहरुको संख्या बढ्दै गएको छ ।
पुष १६ गतेसम्म चल्ने महोत्सवका लागि लेकसाइड क्षेत्र पूरै सझिएको छ । आइतबार दिउँसो पोखराका कोमागाने पार्कमा राष्ट्रिय लोकदोहोरी कलाकारको प्रस्तुतीमा दर्शकहरु रमेका थिए ।
सोमबार लोकदोहोरी तर्फ प्रिती आले, निशा पोख्रेल, सिता परियार, कमला ग्रैहे, बसन्त थापा, शंकर बिरही गुरुङ, सुरेन्द्र गुरुङ र रामजी पौडेलको प्रस्तुती रहने छ । त्यसैगरी हास्य कलाकारतर्फ युवराज भण्डारी, राजेन्द्र नेपाली, मनोज गजुरेलको प्रस्तुती रहने बरालले बताए । साझँ लाइभ कन्सर्टमा सबिन राईको प्रस्तुती रहने छ ।
‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित लेकसाइडको तीन किलोमिटर क्षेत्रमा महोत्सव जारी छ । महोत्सवमा रेष्टुरेण्टहरु सडक पेटिमै राखेर लेकसाइडलाई झिलिमिलि बनाएको छ ।
डुङ्गा दौडमा फिस्टेल घाट पहिलो
पोखरा सडक महोत्सवको अवसरमा आयोजना गरेको डुङ्गा दौड प्रतियोगितामा फिस्टेल घाट पहिलो भएको छ । फिस्टेल घाटबाट सहभागी दिपेन्द्र परियार, आशिस परियार र अमिस परियारले पहिलो हुँदै नगद २० हजार र प्रमाणपत्र प्राप्त गरे ।
बाराही घाट ईबाट सहभागी दिपेश परियार, पुर्ण मगर र जिवन मगरको समुहले दोस्रो स्थान प्राप्त ग¥यो । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । बाराही घाट डिबाट केवल चौधरी, लेख माझी र गणेश माझीले तेस्रो हुदै ५ हजार नगद जित्न सफल भए । त्यसै गरि गौरीघाट समुहबाट गौतम भुजेल, सुवास सुबेदी र अमृत नेपालीले सान्तोना पुरस्कार नगद २ हजार जित्न सफल भए ।
प्रतियोगितामा ११ टिमको सहभागीता रहेको थियो । प्रतियोगिताका विजेतालाई गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्ट, रेवान पोखरा अध्यक्ष भिमसेन भुजेल, महोत्सवका संयोजक लक्ष्मण बराल, पुर्व अध्यक्ष चौ बहादुर गुरुङ, महोत्वसका सहसंयोजक बसन्त गौतम लगाएतले पुरस्कार वितरण गरेका थिए ।


