देशभर चिसो बढ्दै, आज रातीदेखि वर्षासँगै हिमपातको सम्भावना

Share:

पोखरा । पछिल्लो समय देशभर तापक्रम घटेसँगै बढी चिसो महसुस गरिएको छ । बुधबारदेखि देशका धेरै ठाउँमा अझ चिसो बढ्ने मौसमविद्ले बताएका छन् । भारतको जम्मु–कश्मीरमा विकसित पश्चिमी न्यूनचापीय प्रणाली नेपालतर्फ सरेको छ। आज (मंगलबार) रातीसम्म यो प्रणाली नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

यो मौसम प्रणालीका कारण आज रातीदेखि नै देशका उच्च–पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र बर्षा हुने सम्भावना छ। यो प्रणाली बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुने जनाइएको छ ।

यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्ने अनुमान मौसमविद्को छ ।

कमेन्ट गर्नुहोस्
Share: