
काठमाडौँ: छिमेकी भारतको हिसार जिल्लाको हरियाणास्थित सतलोक आश्रमको सतसङ्गमा गएका भक्तजनमध्ये २२ नेपाली त्यहाँ भएको प्रहरी कारबाहीका क्रममा बेपत्ता भएकाको जीवन रक्षाका लागि उनीहरूका आफन्तहरूले आग्रह गरेका छन् ।
आफन्तहरूका तर्फबाट भक्तपुरका कोपिला ढकाललगायतबाट आज जारी अपिलमा यही नोभेम्बर १४ देखि १८ सम्म हुने सतसङ्गमा प्रहरीको अपरेसनमा परी बेपत्ता भएकाले खोजीका लागि आह्वान गरिएको हो । अपिलमा हराइरहेकाहरूको जीवन रक्षा र खोजीका लागि तत्काल पहल गरीदिन नेपाल सरकारलाई आग्रह गरिएको छ । रासस
कमेन्ट गर्नुहोस्

