कास्कीका हरिलालको दुवै मृगौला ‘फेल’, सहयोग गर्न अपिल

Share:

पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका-४ लाहाचोक निवासी ४८ वर्षिया हरिलाल परियारले सहयोगको अपिल गरेका छन । परियार विगत केहि बर्ष अगाडीदेखि मृगौलाको उपचार गराइरहेका थिए । केही साता अगाडि स्वस्थ्यमा अन्य समस्या आएपछि थप उपचारको लागि काठमाडौंको ग्राण्डी, टिचिङ अस्पतालमा पुगेका थिए ।

डाक्टका अनुसार हरिलालको दुवै मृगौलाले काम गर्न छाडेको र हप्तामा दुई पटक डायलायसिस गर्नुपर्ने सल्लाह दिएको उनकी श्रीमती बसन्ति परियारले बताइन् । बुबा मृगौला पीडित भएपछि आफ्नो परिवारमा समस्या भएको जेठा छोरा सुर्य परियारले बताए । लामो समयदेखि उपचार गर्दै आएकोले यतिबेला थप उपचारको लागि आर्थिक अभाव भएकोले पीडित हरिलालले सहयोगका लागि अपिल गरेका छन ।

मृगौला पीडित हरिलालका २ छोरा २ छोरी छन् । उनलाई प्रभु बैकंको खाता न.१६६१०७००९९९३४७०००००१ र एन.आइ. सी. एसियाको खाता न. A087957906152401 मा रकम जम्मा गरेर सहयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: