कश्मीरमा गोलि लागेर गोरखाका अर्जुनको मृत्यु

Share:

काठमाण्डौ – कश्मीरको राजोरी जिल्लाको नियन्त्रण रेखा (एलओसी) नजिक नौशेरा क्षेत्रमा बुधबार भारत र पाकिस्तानबीचको दोहोरो सङ्घर्षमा दुई जना सैनिकको ज्यान गएको थियो ।

दोहोरो सङ्घर्षमा ज्यान गुमाउनेमा एक जना नेपाली पनि रहेका छन् । सङ्घर्षमा गोरखा जिल्लाकाे विकट रिप गाउँका २५ वर्षीय जवान अर्जुन थापामगर र महाराष्ट्रको सताराका २९ वर्षीय सन्दीप सावन्त रघुनाथको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

आतंकवादीको गोली लागेर अर्जुन र सन्दीप घाइते भएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याए पनि उनीहरुको मृत्यु भयो ।

कमेन्ट गर्नुहोस्
Share: