चौथो संस्करणको ईपीएलमा दक्षिण अफ्रिकाका पुर्व कप्तान हासिम आम्ला खेल्ने

Share:

पोखरा। चौथो संस्करणको एभरेस्ट प्रिमिएर लिग ईपीएल क्रिकेट चैत १ देखि १५ गतेसम्म संचालन हुँदैछ। यसपटकको ईपीएलमा दक्षिण अफ्रिकाका पुर्व टेस्ट कप्तान तथा ओपनिङ्ग ब्याट्सम्यान हसिम आमला खेल्ने भएका छन् ।

बिहिबार प्रेस विज्ञप्ति निकाल्दै नेपालमा गत संस्करणको ईपीएल देखि आउने संस्करणभित्रको घरेलु प्रतियोगिता खेलेका विदेशी खेलाडीले खेल्न नपाउने जनाएको थियो। आमलाले नेपालको कुनै पनि घरेलु लिग खेलेका छैनन्। उनी कुन टोलीबाट खेल्ने भन्ने अझै टुंगो भने लागि सकेको छैन ।

आमलाले ईपीएल खेल्न तयार रहेको ईपीएल आयोजकले जनाएको छ। ३६ बर्षिय आमलाले दक्षिण अफ्रिकाको लागि १२४ टेस्टमा कुल ९ं हजार २ सय ८२ रन बनाएका थिए । उनले टेस्टमा २८ शतक तथा ४१ अर्धशतक आफ्नो नाममा लेखाएका थिए । आमलाले इण्डियन प्रिमिएर लिग समेत खेलिसकेका छन्।

त्यस्तै १८१ एकदिवसीय खेलमा आमलाले ८ हजार १ सय १३ रन बनाएका थिए भने २७ शतक र ३९ अर्धशतक प्रहार गरेका थिए । ४४ ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलेका उनले १२ सय ७७ रन बनाएका थिए भने आठ अर्धशतक प्रहार गरेका थिए ।

यसघिको संस्करणमा पनि केहि ठुला नामले ईपीएल खेलेका थिए। आएरल्याण्डका केविन ओभ्राएन,पाउल स्टर्लिङ्ग, डच खेलाडी भान डर मर्वी, भान मकरिंग जस्ता विश्व क्रिकेटका ठुला नामले ईपीएल खेलेका थिए। दक्षिण अफ्रिकी खेलाडी नै भित्र्याउने क्रममा गत बर्ष पोखरा राइनोजले रिचार्ड लेभिलाई खेलाएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: