आज देशभर मौसम बदली‚ अधिकांश स्थानमा पानी र हिउँ पर्ने

Share:

पोखरा । पश्चिमी वायुको प्रभावका कारण आज (शनिबार) पनि देशभरमा मौसम बदली रहने जनाइएको छ। आज पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ । तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
Share: