फेरि न्यून चापीय प्रणालीको प्रभाव, बेलुकीदेखि देशैभर बदली

Share:

पोखरा । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणाली भित्रिने भएकाले सोमबार बेलुकादेखि मौसममा प्रभाव पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर दिनभर भने मौसम देशभर सामान्यतया सफा नै रहने मौसमविद समिर श्रेष्ठले जनाएका छन् । हाल देशका पश्चिमी र पूर्वी पहाडी भूभागहरुमा मौसममा आंशिक बदली मात्र रहेको र बाँकी क्षेत्रको मौसम सामान्यतयाः सफा रहेको मौसमविद् श्रेष्ठले बताएका छन्।

भोली (मङ्गलबार) देखि भने पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँने हुँदा पश्चिम, मध्य र पूर्वी हिमाली भेगमा बर्षा हुने तथा उच्च पहाडी भेगमा हिमपात हुने जनाईएको छ ।

कमेन्ट गर्नुहोस्
Share: