मिस्टर फ्रेसको आयोजनामा शुक्रबार लेकसाइडको फियुल बारमा ‘द एज ब्याण्ड’ को प्रस्तुती

Share:

पोखरा । मिस्टर फ्रेसको आयोजनामा पोखराको लेकसाइडमा रहेको फियुल बार एण्ड ग्रिलमा ‘द एज ब्याण्ड’ ले विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । २० औँ बर्ष पार गरेको लास्ट सेलिब्रेसनको उपलक्ष्यमा पुस २५ गते शुक्रबार ब्याण्डको विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो ।

साँझ ६ बजेबाट शुरु हुने कार्यक्रममा ख्याती प्राप्त ब्याण्डले रातिसम्म गीत संगितको माध्येमबाट मनोरञ्जन प्रदान गर्नेछ । बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्दै दि एज् व्याण्डले ‘मेरो आँसु’, ‘सम्झिने मुटु’, ‘लेखिएका शब्द’ जस्ता चर्चित गीत प्रस्तुत गर्नेे मिस्टर फ्रेस हाउसका प्रोपाईटर अर्विण गुरुङले जानकारी दिए ।

सो कार्यक्रम हेर्नका लागि एक हजार टिकट मूल्य तोकिएको छ । एउटा टिकटसँगै त्यसमा ‘ड्रिङक्स’ को व्यवस्था गरिएको छ । बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने भन्दै युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवायुवतीको उपस्थिति धेरै हुने उनले बताए ।

नेपालमा पहिलो पटक नयाँ प्रविधिको प्रयोग गर्दै पोखराको जिरो कि.मीमा रहेर मिस्टर फ्रेस हाउसले ग्राहक सामु विभिन्न मासुजन्य उत्पादन पेश गर्दै आएको छ । यस्तै हाउसले भ्याली भित्ररहेका स्थानमा डेलिभरीको समेत व्यवस्था गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: