

सिड्नी । सिडनीका सुरक्षाकर्मीहरूले नेपाल वर्ष २०२० अभियानको थालनीमा गरिएको जुलुस रोकेका छन्। सिडनीका अधिकारिहरुबाट आयोजकहरूले अनुमति नलिएकाले जुलुस रोकेको सिड्नी प्रहरीलाई उदृत गर्दै अस्ट्रेलियाको साउथएसिया अनलाइनले लेखको छ।
यस र्यालीको नेतृत्व पर्यटन मन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका नेपाली राजदूत महेशराज दाहाल, एनएसडब्ल्यूका नेपालका कन्सुल जनरल दीपक खड्का र भिक्टोरियाका लागि नेपाली वाणिज्यदुत चन्द्र योन्जोनले गरेका थिए।
सिडनीस्थित वाणिज्यदुत र गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको पूर्व कोषाध्यक्ष दिला खरेललाई आयोजकहरूले पुलिस र अन्य सम्बन्धित प्राधिकरणबाट अनुमति लिन जिम्मा दिएका थिए। खरेलले आयोजकहरुलाई अस्वीकृतिको बारेमा जानकारी दिए पनि आयोजकले कार्यक्रम गरेको बताए।
न्यु साउथ वेल्सका इभेन्ट्स योजना विभागले कुनै पनि कारणमा र्याली ननिकाल्न आग्रह गरेको थियो। अस्ट्रेलियाको सरकारले फाइदाका लागे र्याली निकाल्न दिदैंन। यस्तै र्यालीको टोलि ठुलो भएको कारण पनि पैदल यात्रीलाई समस्या अहुने भएकाले प्रहरीले राली रोकेको जनाएको छ।
ल्युमेहका बासिन्दा र स्वतन्त्र पत्रकार प्रकाश हुमागाईंले नेपाल सरकारका पर्यटन मन्त्री जस्ता आगन्तुक व्यक्तिहरूसमेत भएको उक्त कार्यक्रमको एकदमै खराब ब्यवस्थापनको लागि दुःख व्यक्त गरे।
“सुरक्षाकर्मीहरूले परेड रोकेको देखेर सहभागीहरू निराश भए। उनीहरूले गैरकानुनी व्यवस्थापनका लागि आयोजकलाई दोष दिए, “श्री हुमागाईले भने।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कार्यक्रम पूर्व निर्धारित भइसकेको र मन्त्रीको अर्को भ्रमण निश्चित नभएकाले कार्यक्रम आयोजना गरेको बताउछन्।
“सिड्नीमा ७ जनवरी मा नेपाल वर्ष २०२० लाई बढावा दिन प्रचार कार्यक्रम पूर्व निर्धारित गरिएको थियो र यस्तै हुनु पर्छ किनकि मन्त्री यहाँ आइसकेका छन्। यद्यपि यो समयको हिसाबले मिल्ने गरि यो कार्य गरिने छ, ”कँडेलले भने।

