ट्रकको ठक्करबाट न्यूयोर्कमा नेपाली बालकको मृत्यु, आमा गम्भीर घाइते

Share:

काठमाडौं । न्यूयोर्कमा ट्रकको ठक्करबाट एकजना नेपाली बालकको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन् ।

न्युयोर्क शहरको फोहोर संकलन गर्ने ट्रकले ठक्कर दिँदा १० वर्षीय बालक श्रीजल पन्थीको मृत्यु भएको र उनकी आमा मिना पन्थी घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । दुर्घटनालगत्तै आमा–छोरालाई एल्महस्र्ट अस्पताल लगिएको मा श्रीजलको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

मिना छोरा श्रीजललाई स्कुल र्पुयाउन जाँदै थिइन् । उनीहरुलाई ९७ स्ट्रिट नजिक ५७ एभिन्यूमा मंगलबार बिहान करिब सात बजेतिर ट्रकले ठक्कर दिएको थियो । ट्रकले श्रीजलको छातीमा र मिनाको खुट्टामा कुल्चिएको जनाइएको छ ।

मृतक बालकका बाबुको नाम पुरुषोत्तम पन्थी भएको खुलेको छ । पन्थी लेफ्राक सिटीको फ्रेन्डस् अफ द पब्लिक लाइब्रेरीका बोर्ड सदस्य हुन् । क्वीन्सस्थित लेफ्राक सिटीमा बस्दै आएका पन्थी परिवारको नेपालको ठेगाना भने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: