वस्तु विविधिकरण गरी निर्यात बढाउनु पर्छ- अर्थमन्त्री खतिवडा

Share:

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले एक÷दुई वस्तुमा केन्द्रीत भएर निर्यात बढाउने सपना देख्न नहुने बताएका छन् । नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले एक/दुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्ने बताए ।

उनले खास वस्तुमाथि केन्द्रीत भएर बहस गर्नुभन्दा बढी मूल्य आउने वस्तु उत्पादनमा जोड दिई निर्यात बढाउनुपर्ने बताए । उनले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्नेमा जोड दिए ।

त्यसका लागि कच्चा पदार्थ अयात गरी बढी मूल्य जोडी निर्यात गर्न सकिने वस्तु उत्पादनमा व्यवसायीहरु लाग्नुपर्ने उनले बताए । यसबाहेक केही प्राकृतिक स्रोतको प्रयोग गरी उत्पादन हुने वस्तुको निर्यातमा समेत लाग्नुपर्ने अर्थमन्त्री खतिवडाले बताए ।

कमेन्ट गर्नुहोस्
Share: