राष्ट्रज्योती माविको ५५ औं वार्षिकोत्सव सम्पन्न

Share:

पोखरा । कास्कीकाे मादी गाउँपालिका-११ सैमराङमा रहेको राष्ट्रज्योती माविको ५५ औं वार्षिक उत्सव सम्पन्न भएको छ । ५५ औं वार्षिक उत्सवको अवसरमा विद्यालयमा विविध सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङ, वडाध्यक्ष मित्रबहादुर गुरुङ, लेखा समिति संयोजक सरोज केसी, प्रधानध्यापक सुमना सुवेदी, बाबुरामा रानाभाट, सूर्यमान तामाङ लगायत विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर तामाङले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

शुभकामना मन्तव्य दिँदै कार्यक्रममा उपस्थित अतिथिहरुले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, उत्कृष्टा शिक्षक र अभिभावकहरुको सहयोगले विद्यालय यहाँसम्म आई पुगेको बताएका थिए । विद्यालयले उत्कृष्ट विद्यार्थीहरुले पुरस्कार वितरण साथै सम्मान पनि गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: