
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनआज (बिहीबार) यूएई प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघको वार्षिक सम्मेलनमा सहभागी हुन उनी बिहान साढे १० बजे यूएई प्रस्थान गरेका हुन् ।
उनले सम्मेलनलाई यही पुस २६ र २७ गते दुई छुट्टाछुट्टै सत्रलाई सम्बोधन गर्ने मन्त्री पुनका प्रेस संयोजक दयानिधी भट्टले जानकारी दिए ।
मन्त्री पुन नेतृत्वको नेपाली प्रतिनिधिमण्डल २८ गते स्वदेश फर्किने छ । पाँच सदस्यीय टोलीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीलगायत छन् ।
१२० भन्दा बढी सदस्य राष्ट्र रहेको यस संघको सम्मेलन हरेक वर्ष आयोजना हुन्छ ।
कमेन्ट गर्नुहोस्
