
पोखरा । आउँदो पुस २९ गतेदेखि पोखरामा तेस्रो संस्करणको अमन गुरुङ स्मृति सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।
भ्याली स्पोर्ट्स क्लब पोखरा-१० रामबजारको आयोजनामा आउँदो माघ ४ गतेसम्म प्रतियोगिता हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रतियोगितामा आयोजकसँगै पोखराका उत्कृष्ट २४ टिम सहभागी हुने प्रतियोगिता संयोजक विश्व तण्डुकारले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले रू एक लाख ५० हजार र द्वितीय हुनेले ७५ हजार पाउने छ ।
यस्तै उत्कृष्ट खेलाडीले १२ हजार र सर्वाधिक गोलकर्ताले ७ हजार पाउने छन् । प्रतियोगिता पोखरा-१५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा हुनेछ ।
कमेन्ट गर्नुहोस्
