पोखरा महोत्सव स्थल अमरसिंह चौरमा बृहत सरसफाइ

Share:

पोखरा।दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइप’ग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ। आगामी पुषको २ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव आयोजक युनाईटेड क्लवको आयोजनामा महोत्सव स्थल अमरसिंह चौर परिसर र बाहिरी कम्पाउण्डमा रहेको फोहोर मैला संकलन गरि सरसफाई गरिएको थियो।

उक्त अवसरमा युनाइटेड क्लवका पदाधिकारीहरु तथा अमरसिंह चोक वरपर रहेका विभिन्न संघ सस्था, आमा समुह, महिला समुह तथा स्थानियहरूले ब्यापक सहभागीता जनाएको दशौ पोखरा महोत्सव सरसफाइ उपसमिती संयोजक श्यामकृष्ण श्रेष्ठले जानकारी दिए।

सरसफाइ कार्यक्रममा विभिन्न प्रकारका फोहोरहरू प्लाष्टिकजन्य, कुहिने र नकुहिने गरी वर्गीकरण गरी बोरामा राखी महानगरको फोहोर संकलन गर्ने सवारीमार्फत ल्याण्डफिल्ड साइडमा पठाइएको समेत संयोजक श्रेष्ठले वताए।

कमेन्ट गर्नुहोस्
Share: