म्याग्दीको मालिकामा एनसेलको टावरमा आगजनी

Share:

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको एनसेलको टावरमा आगजनी गरिएको छ। शुक्रबार राति करिब १ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आजगनीबाट टावरका उपकरणहरुमा क्षति पुगेको छ। आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको प्रहरीको अनुमान छ।

आगजनीपछि विम, रुम, देवीस्थान, ओखरबोट, दरबाङलगायतका क्षेत्रमा एनसेलको सञ्चार सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: