
पोखरा । पोखरामा आज डेढ घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ । आज बिहान साढे ११ बजेदेखि दिउँसो १ बजेसम्म पोखरा सवस्टेशनबाट विद्युत प्रसारण हुने सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सूचना जारी गरेर आज डेढ घण्टा विद्युत आपूर्ति बन्द हुने जनाएको हो ।
पोखरा लेखनाथ १३२ केभी प्रसारण लाईन खण्डको टावरमा ईन्सूलेटर परिर्वतन गरी ममर्त गर्नका लागि बन्द गर्नु परेको जनाएको छ ।
मर्मत कार्य छिटो सकिए अवरुद्ध हुने विद्युत तोकिएको समय अगावै सुचारु हुने सूचनामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्

